Saturday, August 25, 2012

सामसुङले एप्पललाई एक अर्व जरिवाना तिर्ने :: Nepa Net

एप्पल र सामसुङ विश्वका चर्चित स्मार्टफोन उत्पादक कम्पनीहरु हुन । एप्पल आईफोन, आईप्याड र म्याक ओएस तथा सामसुङ पछिल्लो समयमा ग्यालेक्सी एस थ्री ल्याएर चर्चित भएको थियो ।पछिल्लो समयमा प्याटेन्ट सम्बन्धी बहुचर्चित मुद्दा हारेपछि कोरियाली कम्पनी सामसुङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने भएको छ ।सामसुङले आइफोन र आइप्याडका प्याटेन्ट अनधिकृतरुमा प्रयोग गरेको ठहर गरिएको हो। क्यालिफोर्नियामा भएको फैसलालाई सिनेट(CNET)ले प्रत्यक्ष प्रस्तुत गरेको थियो ।स्मरण रहोस एप्पल गतसातामात्र विश्वको सबैभन्दा धेरै सम्पत्ति भएको कम्पनीको सूचीमा पहिलो स्थानमा आईपुगेको थियो।

No comments:

Post a Comment